default_image

10 years ago

September 28, 2015

एन्फाले एकै दिन ८ जनालाई मनोनित गर्यो

192 views

0 Bookmark

काठमाडौं, असोज ११
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीलाई कारवाहीसँगै नयाँ मनोनयन समेत गरेको छ । एन्फाका प्रथम उपाध्यक्ष एवंम् कार्यवहाक अध्यक्ष समेत रहेका ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको पदमा पनि सोमबारको केन्द्रिय समितिले मनोनयन गरेको छ । श्रेष्ठको ठाँउमा एन्फाले नरेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ । श्रेष्ठले यसअघि एन्फाको उपाध्यक्ष र महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

एन्फाले एकै दिन ८ जनालाई मनोनित गर्यो

एन्फाले एकै दिन ८ जनालाई मनोनित गर्यो

निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिड् शेर्पा, विजयनारायण मानन्धर र किशोर राई र सदस्य पंकज नेम्बाड्लाई बर्खास्त गर्दै तीन ठाँउमा पनि एन्फाले मनोनित गरेको छ ।

मणि कुवर, वीरबहादुर खड्का र सन्तोष बानियाँलाई उपाध्यक्ष र थ्री स्टारका कार्यवहाक अध्यक्षलाई अरुणमान जोशीलाई सदस्यमा मनोनित गरेको छ । कुवर र खड्का एन्फाका सहायक महासचिव र बानियाँ पूर्वाञ्चल क्षेत्रिय संघका अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका थिए । उपाध्यक्षमा मनोनित भएपछि उनीको ठाँउमा समेत एन्फाले सोमबार नै मनोनित गरेको छ ।

महाविर क्लबका अध्यक्ष दिवाकर घले र विकास निर्देशक सञ्जिव मिश्रलाई सहायक महासचिवमा र झापा फुटबल संघका अध्यक्ष जल कुमार गुरुङलाई पर्वाञ्चलको अध्यक्षमा मनोनित गरेको छ । सहायक महासचिव पदमा महावीर क्लबका अध्यक्ष दिवाकर घले र एन्फाका विकास निर्देशक सन्जिव मिश्र तथा पूर्वाञ्चलका क्षेत्रीय अध्यक्षमा झापा जिल्ला फूटबल संघका अध्यक्ष जल कुमार
गुरुङलाई मनोनयन गर्ने निर्णय गरियो ।

बर्खास्त गरेका चार मध्ये तीन जना शर्पा, मानन्धर, नेम्बाङलाई पुनरावेदन अदालत पाटनमा एन्फाविरुद्ध मुद्दा दर्ता गरेको भन्दै स्पष्टिकरण समेत मागेको छ ।

त्यस्तै एन्फाले मानार्थ उपाध्यक्ष सुनिल शम्शेर राणाको संयोजकत्वमा सदस्य रमेश रायमाझी उपसंयोजक तथा दिवाकर घले, मधु सुदन उपाध्याय र विमला पौडेल रहेको राष्ट्रिय टिम व्यवस्थापन समिति गठन गरेको छ । एन्फा एकेडेमीलाई व्यवस्थित गर्न संघका सह कोषाध्यक्ष रविन्द्र जोशीको संयोजकत्वमा सदस्य दिनेश व्यन्जनकार, सदस्य राजेन्द्र न्यौपानेको ३ तीन सदस्यीय एन्फा एकेडेमी व्यवस्थापन समिति गठन गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.