1 year ago
November 11, 2024
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा आइवार स्तब्ध भएको छ। आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।
सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो । अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो।
ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो। १३ खेलमा ३३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। एक खेल कम खेलेको रियल म्याड्रिडको २७ अंक छ। १८ अंकसहित सोसिडाड आठौं स्थानमा उक्लिएको छ।
ला लिगामा आइवारका खेलमा जिरोनाले गेटाफेलाई, एट्लेटिको मड्रिडले मार्लोकालाई, लेगानेसले सेभिल्लालाई समान १-० ले पराजित भएको छ ।
भालाडोलिड र एथ्लेटिको क्लबले १-१ तथा रियल बेटिस र सेल्टा भिगोले २-२ को बराबरी खेलेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]