1 year ago
November 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ।
टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको छनोट गरेका थिए ।
न्यौपानेले मैत्रीपूर्ण खेल्न लागेका दुवै टोली बलियो रहेको उल्लेख गर्दै भने,’उनीहरुको खेलको अध्ययन गरेका छौं। हाम्रो खेलाडीले अन्तिम समयसम्म कोसिस जारी राख्नेछन्।’
यसअघि पत्रकार सम्मेलन गर्दै टोली बिदाइ गरिने भएपनि एन्फाले यसपटक भने बिना कुनै सूचना आफ्नै सामाजिक संजालबाट टोली प्रस्थान गर्ने जानकारी दिएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन
मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]