1 year ago
November 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक ताजिकिस्तानसँग आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ४-० पराजित भएको छ।
पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोलको सामना गरेको थियो।
थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ।
नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन
मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]