default_image

9 years ago

February 16, 2017

च्याम्पियन्स लिगमा रियल मड्रिडको जित, रोनाल्डोको गोल खडेरी लम्बिदै

181 views

0 Bookmark

मड्रिड (एजेन्सी)– रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा नापोलीलाई ३–१ ले हराएको छ । रियलले १–० ले पछि परेको अवस्थाबाट खेलमा पुनरागमन गर्दै सफलता प्राप्त गरेको थियो ।

cristano-ronaldo

खेलको पहिलो आठौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै पाहुना टोली लाई अग्रता दिलाएका थिए । तर त्यो लामो समय टिकाउन टोली असफल भयो । १९ औं मिनेटमा करिम बेन्जेमाको हेड गोलमार्फत घरेलु टोलीले खेलमा बराबरी गरेको थियो ।

पहिलो हाफमा केही राम्रो मौका पाउनका वावजुद क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल भए । उनले च्याम्पियन्स लिगमा गोल गर्न नसकेको ५ सय २३ मिनेट भइसकेको छ । च्याम्पियन्स लिगमा उनले गोल गर्न नसेको यो खेल जीवनकै लामो समय हो । तथापी उनको प्रदर्शन भने प्रभाशाली रहेको थियो ।

रोनाल्डोकै सहगोगमा ४९ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसको ६ मिनेट पछि नै क्यासमिरोले भलिमा विश्वस्तरीय गोल गर्दै रियलको जित निश्चित पारे । दोस्रो खेल नापोलीको मैदामा मार्च ७ मा हुनेछ ।र्दै मड्रिड खेलमा पहिलो पल्ट अग्रता लिन सफल भयो । क्यासमिरोले विश्वस्तरिय भलीबाट गोल गर्दै मड्रिडको जित पक्का गरे ।

दोस्रो लेगको खेलमा नापोलिले मार्च ७मा मड्रिडलाई घरेलु मैदानमा निम्त्याउने छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.