default_image

5 months ago

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

1000 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ

लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे ।

हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए । ४१औं मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो । ७१औं मिनेटमा हालाण्डले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे।

योसँगै हालाण्ड ७ गोलका साथ जारी नेसन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । ५ गाेलका साथ पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाे दोस्रो स्थानमा छन् ।

७४औं मिनेटमा नुसाले गोल गर्दै नर्वेलाई सहज जित दिलाए । समूहको‌ अर्को खेलमा अस्ट्रिया र स्लोभेनियाले १-१ को बराबरी खेलेका छन्।

शीर्ष स्थानको नर्वेले ६ खेलबाट १३ अंक, दोस्रो स्थानको ११ अंक छ। समान खेलबाट स्लोभेनियाले ८ र कजाकिस्तान १ अंक जोडेको‌ छ ।

इंग्ल्यान्डले भने लिग बी समूह २ मा इंग्ल्यान्डले आयरल्यान्ड गणतन्त्रलाई ५-० ले हरायो । दस खेलाडीमा सीमित आयरल्यान्डविरुद्धका इङ्ग्ल्यान्डले सबै दोस्रो हाफमा गरेको थियो। सोही समूहमा ग्रिसले फिनल्यान्डमाथि २- ० ले पराजित गर्यो।

फ्रान्ससँग इटालीको हार
लिग ए समूह २ म फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। समूह बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ।

एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।
रेबियटले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए।
३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे। ३५औं इटालीका आन्द्रो काम्बासियोको गोलले इटालीको आशा फर्कियो। ६५ औं मिनेटमा रेबियटले अर्को गोल गरे ।
सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठूलो अन्तरको हार पनि हो । सोही समूहको
अर्को खेलमा इजरायलसँग बेल्जियम १-० स्तब्ध भएको छ।

April 20, 2025

आर्सनलको सानदार जित

एजेन्सी – लियान्द्रो ट्रोसर्डको २ गोलले आर्सनलले १० खेलाडीमा सिमित इप्सविच टाउनलाई ४–० ले हराएको छ । बेल्जियन फरवार्ड ट्रोसर्डले १४ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । त्यसपछि गेब्रियल मार्टिनेलीले ३० मिनेटमा दोस्रो गोल थपे। ३२ औं मिनेटमा लाइफ डेभिसले बुकायो साकामाथि ट्याकल गरेपछि रातो कार्ड पाए र इप्स्विच १० खेलाडीमा सिमित भयो। ६९ […]

April 20, 2025

पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। एफसी चितवनलाई निरिह तुल्याउँदै ३-० को हार चखाउन पोखरा सफल रहयो। पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र […]

April 20, 2025

ब्वाइज युनियन पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा उत्कृष्ट कमब्याक गर्दै ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको छ। ब्वाइज युनियनको यो दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज दिनको दोस्रो खेलमा सरस्वतीले २६ औं मिनेटमा अग्रता बनायो। विशेष लामाले गोल गरे। सरस्वती १-० ले अगाडि बढ्यो। खेलको ३५ औं मिनेटमा ब्वाइज युनियनका […]

Success

Thank you for your time.