9 years ago
February 16, 2017
गाइघाट(हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बिहिबार मोसफलका दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । २ लाख रुपैयाँसहितको उपाधिका लागि रुपन्देही ११ र मोरङ फुटबल क्लबबीच दिउँसो थाहरुहट उदयपुर रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

फाइनल फोटो
सेमिफाइनलमा बलिया प्रतिद्वन्द्विलाई पन्छाउँदै रुपन्देही र मोरङले एकअर्कासँगको भेट पक्का गरेका थिए । रुपन्देहीले ए डिभिजन लिग टोली हिमालयन शेर्पालाई ३–२ ले निराश पारेको थियो । त्यस्तै मोरङले अर्को ए डिभिजन टोली एवंम् रुस्लान आठौं सिमरा गोल्डकप च्याम्पियन सिएमजी क्लब संकटालाई २–१ ले स्तब्ध पारेको थियो । त्यसअघि मोरङले एपिएफ र रुपन्हेदीले झापालाई निराश पार्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]