9 years ago
February 17, 2017
धरान (हाम्रो खेलकुद)— बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आज विभागिय टोली नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लबको पहेलो टोलीबीच प्रतिस्पर्धा हुँदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालित प्रतियोगितामा पहिलो दिन बिहीबार सिएमजी क्लब संकटा र भारतको दुर्गापुर स्टिल कोलकातालाई ३–२ ले हराएको थियो ।

फाइल फोटो
दुर्गापुर, भारतको अर्काे क्लब युनाइटेड सिक्कम फुटबल क्लबसहित १० टोलीले प्रतियोगितामा भाग लिएका छन् । आयोजक क्लबको पहेलो र निलो गरिका साथै एपिएफ क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, रुपन्देही फुटबल क्लब, पोखरा फुटबल क्बल र नेपाल पुलिस क्लबले प्रतियोगिताभा प्रतिस्पर्धा गर्दैछन् ।
साविक विजेता मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा हुने शेख कमल अन्र्ताराष्ट्रिय क्लब च्याम्पियनसिपमा भाग लिन गएका कारण यसपटक सहभागि छैन । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।
झन्डै ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउने क्लबले जनाएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]