9 years ago
February 16, 2017
उदयपुर (हाम्रो खेलकुद) – रुपन्देही ११ ले रममप चौथो उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङ फुटबल क्लबलाई टाइब्रकेरमा ४–३ ले हराउँदै रुपन्देहीले उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा रुपन्देहीले बाजी मारेको हो । उपाधिसहित रुपन्देहीले २ लाख रुपैयाँ तथा मोरङले १ लाख रुपैयाँ प्राप्त गरे । टाइब्रेकरमा रुपन्देहीका लागि सुबास मगर, बुद्ध चेम्जोङ, उत्तम गुरुङ र दीलिप क्षत्रीले गोल गरे । दीलिपको गोल नै निर्णायक बन्न पुगेको थियो ।
त्यस्तै मोरङका निरज बस्नेत, बुद्धिमान राई र विकास खवासले मात्र गोल गरे । विदुर रिजाल र अनस मगरले गोल गर्न सकेनन् । रुपन्देहीको कालु थापाले पेनाल्टीमा गोल गर्न सकेनन् । रुपन्देहीका पिटर फाइनलको म्यान अफ दी म्याच घोषित भए ।
मोरङका निरज बस्नेत सर्वोत्कृष्ट खेलाडी घोषित भए । रुपन्देहीकै दीलिप उत्कृष्ठ गोलकिपर, उदयपुरका रामु थापा उदयमान खेलाडी घोषित भए । हिमालयन शेर्पाका विश्वास श्रेष्ठ, रुपन्देहीका दिपक राई र संकटाका राजु पौडेल उच्च गोलकर्ता बने । उनीहरुले समान २ गोल गरेका थिए । अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रमूख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, प्रहरी प्रमूख नरबहादुर केसी लगायतले विजेता उपविजेता टोलीका खेलाडी पुरस्कृत गरे् । फागुन २७ गतेदेखि सन्चालन भएको गोल्डकपमा ८ टोलीको सहभागिता थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]