default_image

1 year ago

November 23, 2024

केनको कीर्तिमानमा बार्यनको जित

802 views

0 Bookmark

एजेन्सी—ह्यारी केन शनिबार जर्मन बुंडेसलिगामा सबैभन्दा छिटो ५० गोल पूरा गरेका छन् । घरेलु मैदानमा बार्यन म्युनिखले शुक्रवार असबर्गलाई ३-० ले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए ।

इङ्ग्ल्यान्ड फुटबल टोलीकल कप्तान समेत रहेका केनले २ गोल पेनाल्टीमा गरका थिए। ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल पनि पेनाल्टीमा गरेका थिए।‌

इन्ज्युरी समयको पाँचौं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए। केनले बुन्डेसलिगाको ४३ खेलमा ५० गोल पूरा गरेका हुन्। उनले इर्लिङ हालान्डको नाममा रहेको कीर्तिमान तोडेका हुन्  । हाल म्यानचेस्टर सिटीमा रहेका हालान्डले बोरुसिया डर्टमुन्डबाट खेल्दा ५० खेलमा ५० गोल गरेका थिए ।

११ खेलमा अपराजित रहने क्रममा ९ जित र २ बराबरी खेलेको बायर्न २९ अंकसहित शीर्षस्थानमा छ। १ खेल कम खेलेको आरपी लिपजिङको भन्दा बार्यनको ८ अंक बढी छ। असबर्ग १२ अंकका साथ १३ औं स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.