default_image

2 weeks ago

November 23, 2024

रोनाल्डोको गोलको बाबजुद अल नासारको हार

1044 views

0 Bookmark

एजेन्सी – अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासार पराजित भएको छ।

अल कादसियाले अल नासरविरुद्ध २-१ ले जित निकालेको छ । किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा शुक्रवार अल नासरले सुरुवाती अग्रता लिएको थियो ।

खेलको ३२औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५०औं मिनेटमा पियरे एमरिक ओबामेयाङ्गले गरेको गोल खेलको निर्णायक बन्यो।

जितपछि अल कादसिया ११ खेलबाट २२ अंकका साथ लिगको पाँचौं स्थानमा छ। अल नासर समान खेलबाट २२ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल हिलालले १० खेलबाट २८ अंक अल छ ।

December 5, 2024

फाल्गुनन्द गोल्डकपमा १० टोलीले प्रतिस्पर्धा गर्ने

दिपक बोहोरा,पाँचथर छ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन् । सदरमुकाम फिदिममा बिहीवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएको छ। फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुस ६ गतेबाट १५ गते सम्म फिदिम माविको खेल मैदानमा […]

December 4, 2024

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि […]

December 4, 2024

बार्सिलोनाको‌ सानदार जित

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलवार सानदार जित निकालेको छ। शीर्षस्थानको बार्सिलोनाले उसकै मैदानमा मालोर्कालाई ५-१ ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई पुनः बढाएको छ‌। बार्सिलोनालाई सहज जित दिलाउन राफिन्हाले २, फेरान टोरेस, फ्रेंक डि जोङ र पोउ भिक्टरले समान १ गोल गरे।मालोर्काका भेडाट मक्यूले १ गोल फर्काए । बार्सिलोनाले १२ औं […]

Success

Thank you for your time.