default_image

1 year ago

November 23, 2024

सरस्वती क्लबले थ्री बाइथ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने

649 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ ।

‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो ।

विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहने बताइएको छ।

चीन जाने टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, प्रदेश सभासद् सुनिल केसी, क्लबका पूर्व अध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले शनिवार बिदाइ गरे ।

७ सदस्यीय टोली आइतबार चीन प्रस्थान गर्नेछ । टोलीको खेलाडीमा दिपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांसु शर्मा छन् । प्रशिक्षकमा अशिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल छन् ।

उपाधि जित्ने लक्ष्यका साथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक अर्यालले बताए । ‘स्ट्रिट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दाबेदार हौं। र उपाधि जितेर फर्कने लक्ष्य राखेका छौं’, अर्यालले भने ।
प्रशिक्षक अर्यालकाअनुसार फुटसल भन्दा सानो कोर्टमा खेलिने थ्री बाइ थ्री फुटबल ८ मिनेटको हुनेछ ।

टोलीलाई शुभकामना दिँदै सरस्वतीका अध्यक्ष भण्डारीले क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको बताए । उनले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका‌ साथ देश र क्लबको नाम राखेर फर्कन शुभकामना दिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.