9 years ago
February 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा भाग लिन यहाँ बंगलादेश पुगेको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले बिहीबार प्रशिक्षण सुरु गरेको छ । टोली बुधबार साझ चितगोङ पुगेको थियो ।

मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले हवाई यात्राको थकाईका कारण बिहिबार सामान्य प्रशिक्षण मात्रै गरिएको बताए । ‘खेलाडी मात्र हैन हामी पनि थकित छौं । त्यसैले पहिलो दिन सामान्य प्रशिक्षण ग¥यौ, ’ प्रशिक्षक लोप्साङले भने, ‘हामीसँग अझै दुई दिनको समय बाँकी छ । त्यसबीचमा हामी हाम्रो कमजोरीलाई सुधार्नेछौं ।’
प्रतियोगिता शनिबारबाट चितगोङस्थित एमए अजिज स्टेडियममा सुरु हुदैछ । समूह ‘बी’ मा रहेको मनाङले आइतबार बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लब लिमिटेडसँग खेल्नेछ । दोस्रो खेलमा अफगानिस्तानको शाहिम आस्मायीसँग बुधबार प्रतिस्पर्धा गर्ने मनाङले समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडको सामना गर्नेछ ।समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको उद्घाटन खेल नेपाली राष्ट्रिय टिमका गोलरक्षक सम्मिलित माल्दिभ्सको टीसी स्पोर्टस् क्लबले आयोजक ढाका अवहनी लिमिटेडबीच हुनेछ । दोस्रो खेलमा एफसी आल्गा र पोइचेनबीच खेल हुनेछ । प्रतियोगितामा पाँच देशका आठ टिमको सहभागिता छ ।
सहभागी क्लबहरुमा आयोजक बंगलादेशका ढाका अवहनी लिमिटेड, मोहमोदेन स्पोर्टिङ क्लब र चितगोङ अवहनी लिमिटेड छन् । दक्षिण कोरियाको पोचेने सिटिजन फुटबल क्लब, माल्दिभ्सको टीसी स्पोर्टस् क्लब, किर्गिस्तानको आल्गा एफसी, अफगानिस्तानको शाहिम आस्मायी र नेपालको मनाङ–मस्र्याङ्दी क्लब रहेको छन् । प्रतियोगिता फागुन १९ गते सम्पन्न हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]