1 year ago
November 27, 2024
एजेन्सी – स्पेनिस ला लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ ।
बुधवार बिहान भएको खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३-० को सहज जित दर्ता गरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे ।
खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत लेवान्डोस्कीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६६औं मिनेटमा बार्सिलोनाका ओल्मोले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बरको बनाए ।
इन्ज्युरी समयमा लेवान्डोस्कीले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।
यो जितसँगै बार्सिलोना ५ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा बार्सिलोना भन्दा १ अंकले अघि रहेको छ । पराजित ब्रेस्ट ५ खेलमा १० अंकका साथ नवौं स्थानमा छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]