1 year ago
November 27, 2024
एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिएको छ ।
बुधवार बिहान भएको खेलमा इङ्ग्लिस टोलीले फेयनोर्डसँग ३-३ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३ गोलको अग्रतालाई अन्त्यतिर जोगाउन नसक्दा बराबरीमा राकिएको हो ।
सिटीका लागि एर्लिङ हालान्डले २ तथा इल्के गुन्डोगानले १ गोल गरेका थिए । पाहुना टोलीका लागि एनिस हाज मौसा, सान्टियागो गिमेनेज र डेभिड ह्यान्कोले गोल गरेका थिए । खेलको ४४औं र ५३औं मिनेटमा हालान्डले २ तथा ५०औं मिनेटमा गुन्डोगानले सिटीका लागि गोल गरेका थिए ।
सिटी सुरुवाती ५३ मिनेट भित्र ३-० को स्पष्ट अग्रताका साथ जित तिर लम्किएको थियो । तर, खेलको अन्तिम १५ मिनेटमा फेयनोर्डले पुनरागमन गर्दै खेल बराबरीमा पुर्यायो ।
डच क्लबका लागि एनिस हाज मौसाले ७५ औं, सान्टियागो गिमेनेजले ८२ औं र डेभिड ह्यान्कोले ८९औं मिनेटमा गोल गर्दै सिटीलाई स्तब्ध बनाए ।
बराबरीसँगै सिटीले च्याम्पियन्स लिगको अंक तालिकामा पाँचौं स्थानमा पुग्ने मौका गुमाएको छ । सिटी ५ खेलमा ८ अंकका साथ १५औं स्थानमा झरेको छ । डच टोली भने ५ खेलमा ७ अंकका साथ २०औं स्थानमा उक्लिएको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]