default_image

9 years ago

February 16, 2017

उद्घाटन खेलमा हिमचुली एकेडेमीको जित

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो मध्यपुर थिमि नगरपालिका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिमचुली एकेडेमी विजयी भएको छ । थिमी मैदानमा बिहीबार भएको खेलमा हिमचुलीले ग्लाडस्टोट एकेडेमीलाई टाइब्रेकरमा ३–२ ले हराएको थियो ।

mom-football

७० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । मध्यपुर थिमी नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा थिमी नगरपालिका भित्रका २० विद्यालयको सहभागिता रहेको छ । थिमी नगरपालिकाका कार्यकारी अधिकृत कमलमणी ज्ञवालीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

१० दिने प्रतियोगिताको विजेताले ३० र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एसोसिएसनका अध्यक्ष एवंम् राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले भविष्यमा नगपालिका र देशव्यापी गरि दुई वटा प्रतियोगिता बार्षिक रुपमा आयोजना गर्ने लक्ष्य रहेको बताएका छन् ।

mya-opening

opening

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.