default_image

9 years ago

February 17, 2017

इब्राहिमोभिकको ह्याट्रिकमा युनाइटेडको जित

185 views

0 Bookmark

लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिकको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा सेन्ट इटिनीलाई ३–० ले पराजित गरेको छ ।

i

१५ औं मिनेटमा पहिलो गोल गरेका इब्राहिमोभिकले दोस्रो गोल ७५ औं मिनेटमा गरे । उनले खेल सकिन २ मिनेट अघि पेनाल्टीमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

अर्को इङ्लिस टोली टोटेनह्याम भने जेन्टसँग १–० ले पराजित भएको छ । रोमाले भिल्ला रियलमाथि ४–० को एकतर्फी जित निकाल्यो । त्यस्तै लियोनले एजी अल्मारलाई ४–१ ले निराश पारेको छ । स्पेनिस टोली एथलेटिक बिलबाओले एपोइल निकोसियालाई ३–२ ले हराएको छ । साख्तार डोनेक्सले सेल्टा भियोमाथि १–० को जित दर्ता गर्यो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.