9 years ago
February 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा भोलीबाट सुरु हुने दोस्रो ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ का लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको खेल समयमा परिवर्तन भएको छ।

तस्बिर: दिल/एन.एस.जे.एफ
बंगलादेश फुटबल संघ (बिएफएफ) ले गत मंगलबार टाइसिट ‘ड्र’ कै दिन सार्वजनिक गरेको खेल समय पुनः बिहिबार परिवर्तन गरेको हो। नयाँ समय अनुसार मनाङले समूह चरणका सबै तीन खेल स्थानिय समय दिउँसो चार बजेपछि खेल्नेछ (नेपाली समय दिउँसो ३:४५ बजे)। यसअघि समूह चरणको पहिलो र दोस्रो खेल नेपालले साँझ ७ बजेको लागि खेल्ने तय थियो। प्रतियोगिता शनिबारबाट चितगोङस्थित एमए अजिज स्टेडियममा शुरु हुदैछ।
समूह ‘बी’ मा रहेको मनाङले भने आइतबार बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लब लिमिटेडसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल नेपाली समयअनुसार दिउसो ३ः ४५ बजेपछि सुुरु हुनेछ। यस्तै मनाङले आफ्नो दोस्रो खेलमा अफगानिस्तानको शाहिम आस्मायीसँग बुधबार तथा समह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ। समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ।
प्रतियोगिताको उद्घाटन खेल नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टीसी स्पोर्टस क्लबले आयोजक ढाका अवहनी लिमिटेडबीच हुनेछ। दोस्रो खेलमा एफसी आल्गा र पोइचेनबीच खेल हुनेछ।
प्रतियोगितामा पाँच देशका आठ टिमको सहभागिता छ। सहभागी क्लबहरुमा आयोजक बंगलादेशका ढाका अवहनी लिमिटेड, मोहमोदेन स्पोर्टिङ क्लब र चितगोङ अवहनी लिमिटेड छन्। दक्षिण कोरियाको पोचेने सिटिजन फुटबल क्लब, माल्दिभ्सको टीसी स्पोर्टस् क्लब, किर्गिस्तानको आल्गा एफसी, अफगानिस्तानको शाहिम आस्मायी र नेपालको मनाङ–मस्र्याङ्दी क्लब छन्।
प्रतियोगिताको फाइनल फागुन १९ गते हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]