9 years ago
February 17, 2017
चितगोङ –दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजक चितगोङ अवहनी लिमिटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित बंगलादेश आइपुगेको बताएका छन् । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले करिव डेढ महिनाको स्थानीय प्रतियोगिता र करिव एक साताको प्रशिक्षणले टिममा निखारता आएके बताए । प्रशिक्षक गुरुङले प्रतियोगिताको लागि पूर्ण रुपमा तयार रहेको र जसले मौका सिर्जना गर्दछ उसैको उपाधि जित्ने सम्भावना बढी रहेको बताए ।
यस्तै मनाङका कप्तान अनिल गुरुङले शेख कमल खेल्न पाउनु मनाङको लागि भाग्यको कुरा रहेको बताउदै स्थानीय स्तरमा तीन उपािध र सबै पाँचै प्रतियोगितामा फाइनलमा पुगेका कारण केही सहजता हुने बताए । यस्तै ढाका अवहनी लिमिटेडका विदेशी प्रशिक्षक ब्राभोले पहिलो खेल हेरेर दोस्रो खेलको लागि रणनीति बनाउने बताए ।
प्रतियोगिताको पहिले दिन समूह ‘ए’ का खेलहरु हुनेछन् । उद्घाटन खेल किर्गिस्तानको अल्गा एफसी र दक्षिण कोरियाको पोचेन सिटिजन फुटबल क्लबबीच खेल हुनेछ । यस्तै दोस्रो खेलमा बंगलादेशको लिग च्याम्पियन ढाका अवहनी लिमिटेडले नेपाली राष्ट्रिय टिमका गोलरक्षक सम्मिलित माल्दिभ्सको टीसी स्पोर्टस् क्लबसँग खेल्नेछ । पहिलो खेल दिउसो चार बजे र दोस्रो खेल साँझ सात बजे हुनेछ ।
मनाङ लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबले आइतबार बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लब लिमिटेडसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । यसअघि मनाङको पहिलो र दोस्रो खेल साँझ सातबजेपछि हुने तय थियो । यस्तै मनाङले आफ्नो दोस्रो खेलमा अफगानिस्तानको शाहिम आस्मायीसँग बुधबार तथा समह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको लागि मनाङले शुक्रबार प्रशिक्षलाई निरन्तरता दिएको छ । नेपाली टोली बुधबार चितगोङ आइपुगेबो थियो । प्रतियोगिताका सबै खेलहरु चितगोङस्थित एमए अजिज स्टेडियममा हुनेछ ।
प्रतियोगितामा पाँच देशका आठ टिमको सहभागिता छ । सहभागी क्लबहरुमा आयोजक बंगलादेशका ढाका अवहनी लिमिटेड, मोहमोदेन स्पोर्टिङ क्लब र चितगोङ अवहनी लिमिटेड छन् । दक्षिण कोरियाको पोचेने सिटिजन फुटबल क्लब, माल्दिभ्सको टीसी स्पोर्टस् क्लब, किर्गिस्तानको आल्गा एफसी, अफगानिस्तानको शाहिम आस्मायी र नेपालको मनाङ–मस्र्याङ्दी क्लब रहेको छन् । फागुन ७ गतेबाट शुरु हुने प्रतियोगिता फागुन १९ गते सकिनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]