12 months ago
December 23, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो ।
बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे।
क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा गोल गरे। युनाइटेडले केही अवसर पाए पनि गोल गर्न सकेन ।
जितपछि २८ अंकका स्थान बर्नमथ पाँचौ स्थानमा उक्लिएको छ । १३ औं स्थानमा रहेको युनाइटेडको २२ अंक छ ।
प्रिमियर लिगका अन्य खेलमा लिभरपुलले टोटेनहमलाई ६-३ ले, रेलिगेसन क्षेत्रमस रहेको वुल्भ्सले लेस्टर सिटीलाई ३-० ले हरायो । फुलहम र साउथह्याम्पटन तथा एभर्टन र चेल्सीले गोलरहित बराबरी खेले।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]