default_image

12 months ago

December 27, 2024

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

747 views

0 Bookmark

एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ

खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ । 

घरेलु मैदानमा सिटीले बर्नाडो सिल्भाको गोलमा १३ औं अग्रता लिएको थियो । इलिमन एनडिआयेले ३६ औं मिनेटमा बराबरी गोल गरे ।

सिटी २८ अंकसहित सातौं स्थानमा छ । एभर्टन १७ लिएर १५ औं स्थानमा रह्यो । लगातारको खराब प्रदर्शनले सिटीलाई च्याम्पियन्स लिग छनोट पनि‌ कठिन देखिएको छ।

लिगका अन्य खेलमा लिभरपुलले लेस्टरलाई‌ ३-१ ले, उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई २-० ले, न्युक्यासलले एस्टन भिल्लालाई ३-० ले, वेस्ट ह्यामले साउथह्यमटन १-० ले, नटिङघम फरेस्टले टोटनहमलाई १-० ले, फुलहमले चेल्सीलाई २-१ ले हराएको छ।

बोर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.