12 months ago
December 27, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ।
उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो।
लिभरपुलको जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफ सुरु भएको चार मिनेटमा जोन्स गोल गर्दै लिभरपुले २-१ को अग्रता बनायो। सलाहले ८२ औं मिनेटमा गोल गरे।
लिभरपुलको १७ खेलबाट ४२ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको चेल्सीको ३५ अंक छ ।
अर्को खेलमा चेल्सी फुलहमसँग २-१ ले पराजित भयो।
इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी
जोर्डन पिकफोर्डले रोकेपछि म्यानचेस्टर सिटी जितबाट बन्चित भएको छ।
खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ ।

घरेलु मैदानमा सिटीले बर्नाडो सिल्भाको गोलमा १३ औं अग्रता लिएको थियो । इलिमन एनडिआयेले ३६ औं मिनेटमा बराबरी गोल गरे ।
सिटी २८ अंकसहित सातौं स्थानमा छ । एभर्टन १७ लिएर १५ औं स्थानमा रह्यो । लगातारको खराब प्रदर्शनले सिटीलाई च्याम्पियन्स लिग छनोट पनि कठिन देखिएको छ।
लिगका अन्य खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई २-० ले, न्युक्यासलले एस्टन भिल्लालाई ३-० ले, वेस्ट ह्यामले साउथह्यमटन १-० ले, नटिङघम फरेस्टले टोटनहमलाई १-० ले, बोर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]