default_image

12 months ago

December 30, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको गोल

1014 views

0 Bookmark

एजेन्सी – साभिन्हो र इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले हराएको छ।

सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो। हालान्ड ४ खेलपछि गोल गर्न सफल भए ।

साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं‌ मिनेटमा हेड मार्फत गोल गरे । सबै खाले प्रतियोगितामा १४ खेलमा सिटीको यो दोस्रो जित हो।

लेस्टरले गोलको राम्रो मौका पाएर पनि गोल गर्न सकेन । जिमी भार्डी मौकाको उपयोग गर्न चुके।

रुड भान निस्टलरोयको टोली १८ औं स्थानमा छ। पाँचौं स्थानमा उक्लेको सिटी (३१ अंक) को चौथो स्थानको चेल्सीको भन्दा ४ अंक कम छ।

अन्य खेलमा शीर्ष स्थानको लिभरपुलले वेस्ट ह्यामलाई ५-०, दोस्रो स्थानको नटिङघम फरेस्टले एभर्टनलाई २-० ले , क्रिस्टल प्यालेसले साउथह्यामटनलाई २-० ले हरायो।

टोटेनहम र वल्भ्स तथा फुलहम र बोर्नमाउथले समान २-२ को बराबरी खेले। १८ खेलमा लिभरपुलको ४५ र एक खेल बढी खेलेको नटिङघमको ३७ अंक पुगेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.