default_image

12 months ago

December 31, 2024

एन्फाको हातमा घन छ कि पानी ?

2213 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

आज डिसेम्बर ३० । केही विशेष दिन हो कि ?

वास्तवमा केही होइन । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल सम्पन्न भएको करिब ६० दिन भयो ।

दुई महिना अगाडिको नेपाली फुटबल सम्झने हो भने नेपाली महिला फुटबलको प्रशंसा, उत्साह–निराशा आदिको चर्चा सबैले गरे । यो विषय छोटो समयमा लगभग सेलाएर गयो । फेरि यही समयमा एनपिएलको भव्य आयोजनाले नेपाली महिला फुटबलमा फर्किएको सामान्य छलफललाई पनि छेउतिर पुग्न बाध्य बनायो ।

पंक्तिकारको व्यक्तिगत योजनामा यो आलेख अक्टोबर ३० मा सम्पन्न भएको फाइनल खेलको एक सय दिन पछि लेख्ने–प्रकाशित गर्ने थियो तर सोचे भन्दा छोटो समयमा नै नेपाली महिला फुटबल माथिको छलफल सेलाएपछि यो लेख पाठकहरु समक्ष आएको छ । आज मित्र राष्ट्र भुटानको केही प्रसंग र प्रशंसाहरु पनि समेटिएका छन् ।

पंक्तिकारको एक जना नेपाली मुलको भुटानी मित्र छन् , रमेश भुजेल । साफ च्याम्पिनसिपमा भुटानसँग नेपालको बराबरीपछि उनले आफै खेलको नतिजाबारे मन्द मुस्कानसहित सुनाए । पंक्तिकारले गफको अन्त्यतिर भुटानले खासमा फुटबलमा के गरी रहेको छ भनी सोध्दा उनले आफ्नै शैलीमा भने – “ अन्त ! मलाई खासै थाहा छैन कि तर टर्फ चाहिँ खोलाको बगरको छेउछाउ पनि हालीरहेको छ हउ । मैले कलेज पढ्दा खेत जस्तै हुने ग्राउण्डमा अहिले त टर्फ हाली सकेको छ हउ । ”

भुटानी फुटबलबारे यो सानो कुराले निकै अर्थ राख्छ । यसपालीको साफ महिला च्याम्पियनसीपमा भुटानले देखाएको फुटबल विकासको तारिफ त गर्नै पर्छ । अर्को संस्करणमा भुटानी महिला टोली कम्तिमा पनि फाइनलको लक्ष्य र तयारीमा प्रस्तुत हुने सहजै अनुमान गर्न सकिन्छ । भुटानी फुटबल प्रशिक्षक पुष्पलाल शर्माले नेपाली पुरुष राष्ट्रिय टिमको प्रशिक्षकको लागी दरखास्त हालेको सबैलाई विदित नै छ । नेपाली फुटबल प्रशिक्षकहरुसँग दरखास्तको लागि योग्यता नै नपुगेको सन्दर्भमा शर्माको यो दरखास्त खासमा भुटानले दिन खोजेको सन्देश पनि हो ।

विषम आन्तरिक राजनीतिक स्थितिमा बंगलादेशी महिला फुटबल टोलीले जसरी उपाधिको रक्षा गरे, लेखक कुमार नगरकोटीको शब्द सापटी लिएर भन्दा “तारिफ–ओ–तारिफ” छ । उनीहरुले जितेको ट्रफीहरु नै साक्षी छन् , थप वर्णन आजलाई आवश्यक छैन । छोटकरीमा भन्दा साफ महिला फुटबल च्याम्पियनसीप २०२४ को ट्रफी बंगलादेशको पोल्टामा गए पनि वास्तविक विजेता भने भुटान देखियो । अब आफ्नै देश तिर फर्कौं ।

नेपाली महिला फुटबल टोलीको सम्भावना पुरुष फुटबलको तुलनामा धेरै देखिए पनि एन्फाले महिला फुटबलको लागि गरी रहेको हेलचेक्र्याईले सीमाको अन्तिम विन्दु छोइसकेको छ । एकातिर एउटा अव्यवस्थित लिग पनि एन्फालाई घाँडो जस्तै भएको छ भने अर्कोतिर कमजोर तयारीको साथ अन्तर्राष्ट्रिय ट्रफीको सपना देख्न-देखाउन छोडिएको छैन ।

साफ च्याम्पियनसिपको लागि पर्याप्त समय पनि नपुगेको कुरा तत्कालिन मुख्य प्रशिक्षक र केही खेलाडीले भनी नै सके । फेरि पनि यस्तै तयारीले अर्को संस्करणमा भाग लिँदा नतिजा के होला भनेर अहिले नै अड्कल गर्न सकिन्छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको तयारी बारे एन्फाको रणनीति पहिले देखि अहिलेसम्म एउटै देखिन्छ :

“ जा–खेल–फर्की ” । “जा” भन्दा अगाडि के गर्ने भन्ने विषयमा एन्फा कानमा कानेगुजी र आँखामा कचेरा हालेर बसी रहेको छ । त्यो फोहोर कहिले सफा हुन्छ होला ? दैव जानुन् ।

कुनै समयमा भुटान सामान्य विपक्षी थियो । उनीहरुले यसपालि गरेको तयारीबारे त प्रिती राईको अन्तर्वार्ता सुन्ने सबैलाई ज्ञात भइसकेको छ । तत्कालिन मुख्य प्रशिक्षक राजेन्द्र तामाङको अन्तर्वार्ता केलाउँदा, नेपाली महिला टोलीलाई उनी भन्दा क्षमताशिल र उपल्लो तहको प्रशिक्षक चाहिन्छ भन्ने कुरा अहिलेको एक मुख्य आवश्यकता हो । हुन त विदेशी प्रशिक्षक चाहियो भनेर महिला खेलाडीले नै भन्न थालेको वर्षौं भइसक्यो ।

थाहा नै छ , हामीसँग प्रो–लाइसेन्स प्रशिक्षक छैन । एउटै विकल्प , विदेशी प्रो–लाईसेन्स प्रशिक्षकको नियुक्ति हो । यस कुरामा एन्फाले घुँडा धसेर भए पनि पछि हट्नु हुँदैन । यदि आर्थिक स्थितिलाई कारण बनाईन्छ भने एन्फाले आफैँलाई साधारण प्रश्न सोधोस् : आन्तरिक राजनीतिलाई सजिलो बनाउन असान्दर्भिक नियुक्तिहरु चाहिँ कुन आर्थिक जगमा उभिएर गरिन्छ ? किन असामान्य तलब वृद्धि विना हिचकिचाहट गरिन्छ ?

नीजि क्षेत्रको आकर्षण खेल क्षेत्रमा छैन भनौं भने क्यानले गरेको भव्य एनपिएलले गलत सावित गरी दियो । यसबाट भन्न सकिन्छ कि एन्फासँग निजी क्षेत्रलाई आकर्षण गर्न सक्ने प्रष्ट आकर्षक योजना छैन । नेपाली समाजमा एन्फाको निरन्तर गिर्दो साखले नीजि क्षेत्रलाई दिनानुदिन पर धकेली रहेको सत्य त छँदै छ । नेपाली समर्थकहरुको माया र समर्थन भने हाल सम्म कायम देखिन्छ । धन्न !

हालसालै नेपाल र भुटानविच सम्पन्न भएको दुई उमेर समूहको दुई मैत्रीपूर्ण खेलहरुले भुटानले तल्लो तहमा गरिरहेको मिहिनेत प्रष्ट देखिन्छ । उनीहरुले अबको करिब ५ वर्ष वरीपरीको समयमा निर्माण हुने भुटानको राष्ट्रिय महिला टोलीको बलियो भविष्यमुखी तस्वीर दशरथ रंगशालामा देखाएर स्वदेश फर्कीसके । यति कुराको विच बिर्सिन नहुने कुरा चाहिँ के हो भने , महिला टोलीको यु–१६ र यु–१९ उमेर समूहको मैत्रीपूर्ण खेल आयोजनाको लागि एन्फा धन्यवादको पात्र रहेको छ । यो क्रम जारी रहोस् ।

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल पश्चात प्रधानमन्त्रीले केही पुरस्कार रकम घोषणाका साथ नेपाली टोलीसँग भेटघाट गरी सक्नु भयो । यति गरी सके पछि सरकारले पनि आफ्नो कर्मकाण्ड बेलैमा सुसम्पन्न गरी सकेको छ । पुरस्कार रकम कहिले आउँछ , रामजाने !

नेपाल नै त्यस्तो देश हो , जहाँको महिला फुटबल लिगमा सम्पूर्ण खेलहरु संचालन नै नगरी विजेता घोषणा गरिन्छ । अनौठो के छ भने, गत संस्करणमा यस्तो स्थिति आउँदा प्रश्न उठाउने कोही थिएन । यसपाली पनि बाँकी रहेको महिला लिगको खेलहरु विविध झमेला र कमजोर निर्णयहरु पश्चात बल्ल बल्ल हुँदैछ । यही समयमा भुटानमा भने छात्राहरुको “भुटान हाईयर सेकेण्डरी स्कूल यु–१९ च्याम्पियनसिप” आयोजना भइरहेको छ ।

आगामी संस्करणको ट्रफी माथि नेपाली हात राख्ने हो भने आज देखि नै स्पष्ट योजना र तयारीमा एन्फा जुट्नुपर्छ । आगामी संस्करणमा प्रतिस्पर्धाको ताप र आकार अझै बढ्ने पक्कापक्की छ । समय घर्कीसकेको छैन । बाघको शिकार गर्नलाई त्यही अनुसारको तयारी र सामासर्दाम चाहिन्छ, दुम्सीलाई झैं पासो थापेर हुँदैन ।

सावित्रा भण्डारी फ्रान्समा, एन्जिला तुम्बापो ग्रीसमा र रेखा पौडेल युएईको लिगमा खेलिरहेको यो समयमा अझै केही खेलाडीहरु विदेशी लिगको यात्रामा जानेछन् भन्ने आशा कायम छ । फलाम अझै पनि तातिरहेको छ, रातै छ । तातिएको रातो फलामलाई आकार दिने कि नदिने भन्ने मुख्य जिम्मेवारी एन्फाको हो ।

प्रिय पाठक , एन्फाको हातमा घन छ कि एक गाग्री पानी ?

यस्तै यस्तै ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.