12 months ago
December 31, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमवार चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएका छन्।
रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई र न्युक्यासलले युनाइटेडलाई समान २-० ले हरायो।
घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरे । ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्यो।
१९ खेलमा चेल्सी ३५ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ४५ अंक छ। १८ औं स्थानमा रहेको इप्स्विचको १५ अंक छ। ।
अर्को खेलमा युनाइटेडलाई घरलु मैदानमा पराजित गर्न न्युक्यासलका लागि एलेक्जान्डर इसाक र जोएलिन्टनले गोल गरे । इसाकले चौथो मिनेट मै गोल गरे ।
जोएलिन्टनले १९ औं मिनेटमा गोल गर्दा युनाइटेड पहिलो हाफमै २-० ले पछि परेको थियो। युनाइटेड घरलु लगातार तेस्रो खेलमा पराजित भएको छ ।
न्युक्यासल ३२ अंकसहित पाँचौं स्थानमा उक्लेको छ । युनाइटेड २२ अंकसहित १४ औं स्थानमा छ । अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले २-२ को बराबरी खेले । एस्टन भिल्ला नवौं (२९) र ब्राइटन (२७) दशौं स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]