9 years ago
February 20, 2017
बार्सिलोना (एजेन्सी) – लियोनल मेस्सीले ९० औँ मिनेटमा पेनाल्टीमा निर्णायक गोलले बार्सिलोनाले घरेलु मैदानमा लेगानेसलाई २-१ ले हराउदै ला लिगामा महत्वपुर्ण ३ अंक जोडेको छ । बार्सिलोनाको जितमा पहिलो गोल पनि अर्जेन्टिनी स्ट्राइकर मेस्सीले गरेका थिए ।

खेलको चौथो मिनेटमा मेस्सीले पहिलो गोल गरेका थिए । लुइस स्वारेजले दाँयाबाट दिएको राम्रो पासलाई ट्याप गर्दै मेस्सीले गोल गरेका हुन् ।
पहिलो हाफमा १ गोलको अग्रता लिएको बार्सिलोनाले ७१ औं मिनेटमा लेगानेसको विवादास्पद गोलमा अग्रता गुमायो । बार्सिलोनका फुल ब्याक सर्जी रोबर्टोलाई तान्दै बल खोसेपछि एन्जल गुरेरोले डार्विन माचिसलाई दिएको पास उनले सदुपयोग गर्दै ८९ बर्षमा पहिलो पटक ला लिगामा बढुवा भएको लेगानेसलाई खेलमा फर्काएका थिए ।
बार्सिलोना बराबरी उन्मुख खेलमा मार्टिन मान्टोभानीले नेमारलाई लडाउदा पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गर्दै बार्सिलोनलाई ३ अंक दिलाए । शीर्षस्थानको रियल मड्रिड भन्दा २ खेल बढी खेलेपनि बार्सिलोना अझै १अंक कम छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]