11 months ago
January 15, 2025
अर्जुन कार्की, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं मिनेटमा केशर बलामले गोल गर्दै अग्रता दिलाए । पुलिसको लागि खेलको १२ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए ।
श्रीमेहरको लागि प्रकाश बानियाँले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रतालाई कम गराएका थिए । इन्ज्युरी समयमा प्रहरीका मनबहादुर विष्टले गोल गर्दै पुलिसको जित निश्चित गरे । पुलिसले राष्ट्रिय फुटबल टोलीका सदस्य रन्दिप पौडेललाई मैदानमा उतारेको थियो ।
यस्तै बुधबार भएको तेस्रो खेलमा संकल्पले नारायण दल गणलाई ट्राइबेकरमा ४–५ गोलले पराजित गर्यो ।
निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा नारायण दलका धिरेन्द्र शाही, दिपक थापा र जग्दिश थारुले गोल गर्न सकेनन्।
नारायण दलको लागि सुनिल थारु, सुरेश थारु, लोकेश थापा र पुस्कार पौडेलले गोल गरे । संकल्पको लागि मुकुन्द न्यूरे, युनिस तामाङ, मनिष गुरुङ, बिशाल नेपाली र आयुष गुरुङले गोल गरे । पासाङ तामाङ र भागवत चौधारीको प्रहार बाहिरिएको थियो ।
दिनको पहिलो खेलमा रुद्रेपिपल युवा क्लबलाई ट्राइबेकरमा पराजित गर्दै प्रर्पल हेज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय टोलीका सदस्य आयुष घलान सहित मैदान प्रवेश गरेको प्रर्पल हेज निर्धारित समयमा रुद्रेपिपलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।
रुद्रेपिपलको लागि खेलको २३ औं मिनेटमा मिलन गिरीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा रुद्रेपिपलका सचिन गुरुङले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी भयो ।
३८ औं मिनेटमा सामभेल सुनारले गोल गर्दै प्रर्पललाई २–१ को अग्रता दिलाए। ४९ औं मिनेटमा रुद्रेपिपलका आयुष थापाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टीमा प्रर्पल हेजले रुद्रेपिपललाई ४–३ गोलले पराजित गर्यो । पेनाल्टीमा रुद्रेपिपलका सचिन गुरुङको प्रहार गोलपोष्टमा लाग्दै बाहिरियो भने आयुष थापाको प्रहार प्रर्पलका गोलरक्षकले बचाए ।
रुद्रेपिपलको लागि आशिष गुरुङ, मिलन गिरी र रोशन थापा मगरले गोल गरे । प्रर्पलको लागि सुजल श्रेष्ठ, अजित गुरुङ, रोशन दोङ र अनिष महर्जनले गोल गरे ।
प्रतियोगितामा बिहिवारको पहिलो खेल आदर्श विद्यामन्दिर र गुठी युनाइटेड तथा दोस्रो खेल चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र प्रर्पल हर्ज बिच हुने बागलुङ एकता क्लबका अध्यक्ष इन्सान थापाले बताए ।
प्रतियोगिताको विजेताले१ लाख २२ हजार २ सय २२ रुपैयाँ र दोस्रो हुने टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]