9 years ago
February 21, 2017
ब्राजिल (एजेन्सी)– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो । कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् ।

‘त्यती बेला म घाइते थिए । करिब ६० प्रतिशत मात्र फिट थिए,’ रोनाल्डोले भने, ‘म अभ्यासमा जाँदा वा कतै हिड्दा सबैले मेरो चोटको कुरा गर्थे । त्यसैले चोटबाट सबैको ध्यान हटाउन भिन्न खालको कपाल बनाएको थिए । ’
रोनाल्डोको त्यो रणनीति सफल पनि भयो । त्यो विश्वकपको फाइनलमा ब्राजिलले जर्मनीलाई हराउँदा रोनाल्डोले २ गोल गरे । उनी प्रतियोगिताको उत्कृष्ट गोल गर्ने खेलाडी बने र गोल्डेन बुट पनि जिते ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]