11 months ago
January 16, 2025
हिमाल खरेल, बिर्तामोड
झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो ।
फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको सुदेवा एफसी नयाँ दिल्लीको दोस्रो सेमिफाइनलमा सामना गर्नेछ ।
झापा ११ ले सुरुवातमै अग्रता लिएको थियो । तेस्रो मिनेटमा झापा ११ का हरि मगर र १४ औँ मिनेटमा सन्तोष खत्रीले गरेको गोल नै जितका लागि निर्णायक भएको थियो ।
ट्रान्सपोर्ट युनाइटेडका लागि खेलको ६७ औँ मिनेटमा येसी गिल्सेनले सान्त्वना गोल फर्काएका थिए । झापा ११ ले खेल अवधिभर ट्रान्सपोर्ट युनाइटेडलाई दबाबमा राखेको थियो ।
झापा ११ का विशाल घलान प्लेयर अफ दि म्याच घोषित भए र उनले १० हजार भारतीय रुपैयाँ र ट्रफी पाए ।
ट्रान्सपोर्ट युनाइटेड भुटानको सन् २००४, २००५, २००६, २००७, २०१७ र २०१८ को लिग च्याम्पियन क्लब हो । झापा ११ एन्फा कप च्याम्पियन र मोफसलका गोल्डकपको सशक्त टिम हो ।
यसअघि झापा ११ ले भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल माघ ८ गते हुनेछ । प्रतियोगिताको विजेताले २० लाख र दोस्रो टोलीले १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]