11 months ago
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ ।
नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको बताए ।
‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौ,’ कार्यकारी प्रमुख शाहले भने।
प्रतियोगितामा नेपालका ६ भारतका २ गरि ८ टोलीको सहभागिता रहने बताइएको छ । पत्रकारको प्रश्नको जवाफमा शाहले भने,’स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलब्ध गराइने छ ।’
शाहले लुम्बिनी कपको सचिवालय नेपालगञ्ज रंगशालामा स्थापना भइसकेको जानकारी दिए छ। ‘हामीले विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल शुरु गरिसकेका छौ,’प्रमुख कार्यकारी शाहले थपे ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कपका लागि स्थानीय एउटा सशक्त टोली सहभागी गराउने गरि तयारी थालिएको बताए । मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी दिए ।
अवसरमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा बोलेका थिए ।
कार्यक्रममा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्दलगायतको उपस्थिति थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]