default_image

11 months ago

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

695 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ।

एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा प्लेयर अफ दि म्याच सविता राना मगरको क्रस थियो।

रश्मिले १७ औं मिनेटमा गोल गरेकी थिइन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकी अनिताले ६४ औं मिनेटमा गोल गरेकी थिइन्। उनी गोल गर्नु केहि मिनेटअघि मात्र मैदान प्रवेश गरेकी थिइन्।

अन्तिम चरणमा पुलिस दुवै पटक एपिएफसँग पराजित भएको छ। यसअघिको‌ खेलमा पुलिस ६-१ ले पराजित भएको थियो। यि दुई टोलीबिच दोस्रो चरणमा भएको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो।

पहिलो क्वालिफायरमा पुगिसकेको एपिएफको २१ अंक छ। प्ले अफमा पुगिसकेको तेस्रो स्थानको पुलिसको ११ अंक छ।

लिगमा मंगलवार बागमती युथ क्लब र वालिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ । प्ले अफ अघिको अन्तिम खेल एपिएफ र १६ अंकसहित दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब बिच बुधवार हुनेछ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.