11 months ago
January 21, 2025
सुमन अधिकारी, बुटवल
भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ ।
खुकुरीले मेलवर्न क्रिकेट क्लब (एमसिसी)लाई ९७ रनले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनाएको थियो ।
टोली लागि साहब आलमले अविजित ७२, कसेजाद आलमले ४८, जमिर अलीले ३६, निश्चल चौधरीले २०, शंकर रानाले १५ र प्रज्वल थापाले १२ रन बनाएका थिए ।
एमसीसीका अब्दुल हबिब र विपिन आचार्यले समान २ तथा रमेश कुर्मी र अरुण पाठकले समान १ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको एमसिसी ३३.१ ओभरमा अलआउट हुँदै १ सय ३५ रन मात्रै बनाउन सक्यो । उसका लागि विपिन आचार्यले ४१, विजय प्रजापतीले २९, रमेश कुर्मीले २३ र सन्दीप रजालीले १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिङमा खुकुरीका साहब आलम, सन्देश जिसी र अजयकुमार चौहानले समान ३ तथा दुर्गेश गुप्ताले १ विकेट लिए । खेलमा खुकुरीका साहब आलम प्लेयर अफ द म्याच घोषित भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]