default_image

11 months ago

January 21, 2025

झापा ११ अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप च्याम्पियन

1881 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो।

झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदीपले २० औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए। सन्तोषले ७० औं मिनेटमा गोल गरेपछि झापाको जित थप‌ सहज बन्यो । सन्तोष प्लेयर अफ दि म्याच घोषित भए।

क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई ४-० अन्तरले हराउँदै अघि बढेको चर्च ब्वाइजले सेमिफाइनल इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५-४ को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

झापा ११ भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा ४-२ ले हिराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

क्वार्टरफाइनमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले र सेमिफाइनल खेलमा भारतको नयाँ दिल्लीबाट हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २-१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको थियो।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको प्रतियोगिताको विजेता झापाले ट्रफीसहित २० लाख र चर्च ब्वाइजले १० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.