default_image

11 months ago

January 23, 2025

पिएसजीले सिटीलाई हरायो

648 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिगमा बुधरबार इंग्लिस क्लब म्याचेस्टर सिटीविरुद्ध जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले २-० ले पछि परेको खेल उल्टाउँदै सिटीलाई ४-२ ले पराजित गरेको हो ।

पिएसजिको जितमा ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे । सिटीका लागि ज्याक ग्रेलिस र एर्लिन हालान्डले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने सिटीले लिएको थियो । सिटीका लागि ग्रेलिसले खेलको ५०औं मिनेटमा गोल गरे । त्यसको ३ मिनेटपछि नै हाल्यान्डले सिटीको अग्रता दोब्बर बनाए ।

डेम्बेलेले खेलको ५६औं मिनेटमा पिएसजीका लागि पहिलो गोल गरे । त्यसको ४ मिनेटपछि नै बार्कोलाको गोलमा पिएसजीले खेललाई २-२ को बराबरी‌ पुर्यायो ।

नेभेसले ७८औं मिनेटमा गोल गरेपछि पिएसजीले ३-२ को अग्रता लियो । इन्ज्युरी समयमा रामोसले गोल गर्दै पिएसजीको जित पक्का गरे ।

जितसँगै ७ खेलमा १० अंक जोडेको पिएसजी २२औं स्थानमा छ । सिटी समान खेलबाट ८ अंकका सात २५औं स्थानमा छ ।

अंक तालिका

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.