11 months ago
January 23, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिगमा बुधरबार इंग्लिस क्लब म्याचेस्टर सिटीविरुद्ध जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले २-० ले पछि परेको खेल उल्टाउँदै सिटीलाई ४-२ ले पराजित गरेको हो ।
पिएसजिको जितमा ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे । सिटीका लागि ज्याक ग्रेलिस र एर्लिन हालान्डले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने सिटीले लिएको थियो । सिटीका लागि ग्रेलिसले खेलको ५०औं मिनेटमा गोल गरे । त्यसको ३ मिनेटपछि नै हाल्यान्डले सिटीको अग्रता दोब्बर बनाए ।
डेम्बेलेले खेलको ५६औं मिनेटमा पिएसजीका लागि पहिलो गोल गरे । त्यसको ४ मिनेटपछि नै बार्कोलाको गोलमा पिएसजीले खेललाई २-२ को बराबरी पुर्यायो ।
नेभेसले ७८औं मिनेटमा गोल गरेपछि पिएसजीले ३-२ को अग्रता लियो । इन्ज्युरी समयमा रामोसले गोल गर्दै पिएसजीको जित पक्का गरे ।
जितसँगै ७ खेलमा १० अंक जोडेको पिएसजी २२औं स्थानमा छ । सिटी समान खेलबाट ८ अंकका सात २५औं स्थानमा छ ।
अंक तालिका

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]