11 months ago
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको यात्रा टुंगिएको छ।
सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई जित दिलाएकी हुन् ।
पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको पराजित टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यसको विजेता फाइनल पुग्नेछ।
एपिएफ र आर्मीबिच शनिवार एन्फा मैदानमा पहिलो क्वालिफायर खेल्नेछ । त्यसको विजेताले फाइनल पुग्ने पहिलो टोली बन्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]