10 months ago
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले इन्ज्युरी समयको अन्तिम क्षणमा पूर्व क्लब एपिएफविरुद्ध गोल गर्दा मच्छिन्द्रले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा मच्छिन्द्रले एपिएफमाथि १-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा सनिशले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गरेका थिए । खेल गोलरहित रहेपछि टाइब्रेकरतर्फ अघि बढेको समयमा अन्तिम मिनेटमा प्राप्त थ्रो इन बाट बनेको मुभमा सनिशले गोल गरे । उनले फार पोस्टमा अनमार्क रहेको अवस्थामा आएको क्रसलाई निकै कठिन एंगलबाट गोलमा परिणत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार तेस्रो क्वाटरफाइनलमा आयोजक लोकतान्त्रिक खेलकुदको बागमती प्रदेश कमिटीको टोलीले नेपाल पुलिस क्लबको सामना गर्नेछ । चौथो क्वाटरफाइनलमा भने न्यू रोड टिम (एनआरटि) र फ्रेन्ड्स क्लब खेल्नेछन् ।
मच्छिन्द्रले अब सोमबार सेमिफाइनलमा पहिलो दिनको विजेता संकटासँग खेल्नेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]