9 years ago
February 22, 2017
चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा एक खेलाडी परिवर्तन गरेको छ । केही समयमा अफगानिस्तानी क्लब शाहिन आस्मयीविरुद्ध सुरु हुने खेलमा सामसनको ठाँउमा विक्रम लामाले मौका पाएका छन् भने बाँकी १० खेलाडी यथावत छन् । पहिलो खेलमा सुरुआती ११ मा रहेका विदेशी खेलाडी सामसन भने दोस्रो खेलमा बेन्चमा राखिएको छ ।

आइतबार भएको समूह चरणको पहिलो खेलमा निकालेको जितले हौसिएको मनाङ बुधबार शाहिन आस्मायीलाई हराउँदै सेमिफाइनल यात्रा सहज बनाउने लक्ष्य राखेको छ । दुईबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ ।
मनाङलेले पहिलो खेलमा मोहमडन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दा ओलावाले ओलाडिपो अफिज र विशाल राईले गोल गरेका थिए । शाहिन आस्मयी भने पहिलो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग ३–१ को हार बेहोरेको थियो । बुधबार समुह ‘बी’ को दोस्रो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र मोहमोदेन स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङले लगातार दोस्रो जित निकाले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउनेछ । खेल बराबरीमा रोकिए वा पराजित भए सेमिफाइनल प्रवेशका लागि दोस्रो खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
मनाङको पहिलो रोजाई- दिनेश थापामगर (गोलरक्षक), विराज महर्जन, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, अदमा बो सिसिको (डिफेन्डर), विक्रम लामा, रोहित चन्द, विशाल राई, सुजल श्रेष्ठ, अनिल गुरुङ (मिडफिल्ड) र ओलावाले ओलाडिपो अफिज (फरवार्ड)
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]