11 months ago
January 26, 2025
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा थप मजबुत भएको छ ।
रियल भालाडोलिडलाई शनिवार ३-० ले हराउँदै रियलले दोस्रो टोलीसँगको अंक दूरीलाई अझै बढाएको छ। केलियन एम्बाप्पेको ह्याट्रिकमा पूरा गरे।
३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपे । इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे । रियलबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ।
रियलको २१ खेलबाट ४९ अंक भएको छ । दोस्रो स्थानको एलेटिको म्याड्रिड समान खेलबाट ४५ अंक छ । एटलेटिकोले भिल्लारियलसँग १-१ को बराबरी खेले।
अन्य खेलमा रियल बेटिसले मालोर्कालाई १-० ले हरायो । लस पालमस र ओसासुना तथा सेभिल्ला र इस्पानुयलले १-१ को बराबरी खेले ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]