9 years ago
February 22, 2017
चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलको मध्यान्तरसम्म १–० ले पछाडी परेको छ । मनाङविरुद्ध अफगानिस्तानी क्लब शाहिन आस्मयीले ३८ औं मिनेटमा गोल गरेको थियो ।

अमिरुद्धिन सरिफीले उत्कृष्ट गोल गर्दे शहिनलाई अग्रता दिलाएका थिए । लगत्तै मनाङले बराबरीको मौका पाएपनि सफल हुन सकेन । कप्तान अनिल गुरुङ हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यसअघि ३४ औं मिनेटमा गोलकिपर दीनेश थापामगरले खतरनाक आक्रमणलाई जोगाएका थिए । ३६ औं मिनेटमा सिकोले विपक्षी आक्रमणलाई निस्तेज पारेका थिए ।
मनाङले पहिलो खेलमा मोहमडन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दा ओलावाले ओलाडिपो अफिज र विशाल राईले गोल गरेका थिए । शाहिन आस्मयी भने पहिलो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग ३–१ को हार बेहोरेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]