default_image

11 months ago

January 26, 2025

पाँचथर गोल्डकप अर्को महिना

860 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण अर्को महिना आयोजना हुने भएको छ।

फिदिम माविको खेल मैदानमा फागुन २४ देखि चैत २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टोलीको सहभागिता रहने आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी प्राप्त गर्नेछ । गत वर्षको‌ तुलनामा पुरस्कार राशिमा दोब्बर बृद्धि गरिएको बताइएको छ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिगका ४ सहित बी‌ डिभिजन, आयोजक र विदेशी टोलीको सहभागिता रहने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, डिफेन्डर, मिटफिल्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ। प्रतियोगितामा खेलाडी, अफिसियल, रेफ्रीसहित २ सय जनाको सामुहिक दुर्घटना बिमा पनि गरिने आयोजकले जनाएको छ ।

चौंथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.