10 months ago
January 26, 2025
दिपक बोहोरा, पाँचथर
पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण अर्को महिना आयोजना हुने भएको छ।
फिदिम माविको खेल मैदानमा फागुन २४ देखि चैत २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टोलीको सहभागिता रहने आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी प्राप्त गर्नेछ । गत वर्षको तुलनामा पुरस्कार राशिमा दोब्बर बृद्धि गरिएको बताइएको छ।
प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिगका ४ सहित बी डिभिजन, आयोजक र विदेशी टोलीको सहभागिता रहने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, डिफेन्डर, मिटफिल्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ। प्रतियोगितामा खेलाडी, अफिसियल, रेफ्रीसहित २ सय जनाको सामुहिक दुर्घटना बिमा पनि गरिने आयोजकले जनाएको छ ।
चौंथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]