default_image

9 years ago

February 22, 2017

बंगलादेशमा दोस्रो खेलमा मनाङको हार

117 views

0 Bookmark

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनल यात्रा कठिन मोडमा पुगेको छ।

mmcv

समूह चरणको दोस्रो खेलमा अफगान क्लब शाहिन आस्मयीलाई ३–१ को नतिजा सुम्पिएपछि मनाङको अन्तिम चारको यात्रा कठिन बनेको छ । यद्दपी आयोजक चितगोङ अवहनी लिमिटेडसँग हुने समूह चरणको खेलको नतिजाले टोली अघि बढ्ने सम्भावना भने जीवित छ ।

शाहिनसँगको खेलमा मनाङ सुरुआतबाट दबाबमा परेको थियो । शाहिनका लागि कप्तान अमिरुद्धिन सरिफीले ह्याट्रिक पुरा गरेका थिए । मध्यान्तर हुन ७ मिनेट बाँकी रहँदा शाहिनले अग्रता लिएको थियो । अमिरुद्धिन सरिफीले उत्कृष्ट गोल गर्दे शहिनलाई अग्रता दिलाएका थिए । लगत्तै मनाङले बराबरीको मौका पाएपनि सफल हुन सकेन । कप्तान अनिल गुरुङ हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यसअघि ३४ औं मिनेटमा गोलकिपर दीनेश थापामगरले खतरनाक आक्रमणलाई जोगाएका थिए । ३६ औं मिनेटमा अडामा बो सिसोको विपक्षी आक्रमणलाई निस्तेज पारेका थिए ।

दोस्रो हाफमा पनि अफगानी क्लबले आक्रमणलाई तेज पारेको थियो । ६५ औं मिनेटमा टोलीले गोलअन्तरलाई दोब्बर पारेको थियो । काउन्टर एट्याकमा कुनै मौका नदिइ दोस्रो गोल गरेका थिए । ७५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सरिफीले ह्याट्रिक पुरा गरेका थिए । पेनाल्टी बक्समा सिसकोको बल ह्यान्ड भएपछि शाहिनले पेनाल्टी पाएको थियो । त्यसअघि ७२ औं मिनेटमा परिवर्तित खेलाडी बिमल बस्नेतले गोल फर्काउँदै मनाङलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

मनाङले पहिलो खेलमा मोहमडन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दा ओलावाले ओलाडिपो अफिज र विशाल राईले गोल गरेका थिए । शाहिन आस्मयी भने पहिलो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग ३–१ को हार बेहोरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.