11 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स कपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक प्रशिक्षणका लागि ३९ खेलाडीलाई बोलाइएको छ।
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा पुनः नियुक्त भएका राजेन्द्र तामाङले ३९ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाएको छ।
तामाङले जारी एन्फा महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका केहि खेलाडी पनि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा समेटेका छन्।
प्रारम्भिक टोलीमा व्यवसायिक फुटबल खेल्नका लागि देश बाहिर रहेका कप्तान एन्जिला तुम्बापो सुब्बा, सावित्री भण्डारी ‘साम्बा’ र रेखा पौडेलसहितलाई प्रशिक्षण डाकिएको छ।
प्रशिक्षणमा बोलाइएका अन्य खेलाडीमा अञ्जना राना, मगर,उषा नाथ,अमृता जैसी ,गीता राना ,विमला बि.के.,निशा ठोकर, समीक्षा घिमिरे,पुजा राना,अनिता बस्नेत, अमिशा कार्की,अनिता के.सी., प्रीति राई, विमला चौधरी, रेणुका नागरकोटी,सरु लिम्बु , रश्मि कुमारी घिसिङ,सविता राणा मगर, सजनी ठोकर छन् ।
त्यस्तै चन्द्रा भण्डारी, रेणुका हमाल, सम्झना लावती, सवित्री किसान,सहारा लिम्बु, सुष्मा तामाङ,मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, विर्सना चौधरी, सुक्रिया मियाँ, प्रतीक्षा चौधरी, सेमी हाङमा लिम्बु पन्धाक, मीना देउवा, पुष्पा कुमारी खड्का, यशोधा शाही, ममता पुन र झुमा विश्वकर्मा पनि बोलाइएका छन्।
राष्ट्रिय टोलीका नियमित दुई खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही भने चोटका कारण प्रशिक्षणमा बोलाइएका छैनन् । बन्द प्रशिक्षण माघ १९ गतेबाट सुरु हुने एन्फाले जनाएको छ। काठमाडौंमा कात्तिकमा भएको साफ च्याम्पियनसिपका दौरान हिरा र दीपा घाइते भएका थिए।
फोर नेसन्स कप फागुन ५ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुनेछ। नेपालसहित म्यानमार, लेबनन र किर्गिजस्तानको सहभागिता फोर नेसन्समा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]