11 months ago
January 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबकी खेलाडी सविता राना मगर एन्फा महिला लिगको सर्वोत्कृष्ट खेलाडी भएकी छिन् ।
बिहीवार सम्पन्न एन्फा महिला लिगमा एपिएफलाई च्याम्पियन बनाउँन महत्वपुर्ण भुमिका खेलेकी सविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी हुन् । सविताले सवोत्कृष्ट खेलाडीको सम्मानमा नगद रु १ लाख नगद प्राप्त गरिन् ।
च्याम्पियन एपिएफकै खेलाडी रश्मिकुमारी घिसिङ प्रतियोगिताको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहिन् । रश्मिले लिग भरमा ३९ गोल गरेकी थिइन् । उनले सर्वाधिक गोलकर्ताको सम्मान स्वरुप नगद रु ५० हजार प्राप्त गरिन् ।
प्रतियोगिताको उत्कृष्ट गोल रक्षकका रुपमा एपिएफकी सावित्री किसान भइन् । उनले यो सम्मान बापत नगद रु ५० हजार प्राप्त गरिन् ।
प्रतियोगिताको फेयर प्ले अवार्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । अवार्डका साथ आर्मीले नगद रु १ लाख ५० हजार प्राप्त गरेको छ । रेनुका नगरकोटे फाइनल खेलको प्लेयर अफ द म्याच भइन् ।
बिहीवार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ४-० ले हराउदै एपिएफ क्लब महिला लिगको च्याम्पियन बनेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]