11 months ago
January 29, 2025
सरिता श्रेष्ठ, काठमाडौं
नेपाली महिला फुटबलकी लिजेन्ड अनु लामाले दुई दशक लामो फुटबल करियरलाई बिट मारेकी छिन्।
सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएकी थिइन्। घरेलु फुटबल खेलिरहेकी अनुले आज औपचारिक रुपमा खेल करियरबाट सन्न्यासको घोषणा गरिन्।

२०६३ सालमा एपिएफसँग अनुबन्धित भएपछि निरन्तर १८ वर्ष नै यही क्लबबाट घरेलु फुटबल खेलिन्। एन्फा महिला लिगको फाइनलमा एपिएले पुलिस विरूद्ध ३-० को अग्रता बनाउँदा अनु रेनुका नगरकोटेलाई रिप्लेस गर्दै अनु ८८ औं मिनेटमा मैदान छिरिन्। उनलाई रेनुकाले क्याप्टेन आर्म ब्यान्ड लगाइदिएर सम्मान दिइन्।

निर्धारित ९० मिनेटसम्म एपिएफ ३-० ले अगाडि थियो । इन्ज्युरी समयको कथा अनुले लेखिन । इन्ज्युरी समयमा अनिता बस्नेतको लामो प्रहारबाट आएको बल रोक्न पेनाल्टी बक्स छाडेर अघि बढेकी पुलिसकी गोलकिपर उषा नाथले साथीलाई दिन खोजेको पास अनुले भेट्टाइन् र खाली पोष्टमा खेल जीवनको अन्तिम गोल गरिन् ।
त्यो गोलले एपिएफ ४-० ले अगाडि बढ्यो। तर रङ्गशालामा पुगेका र एपिएफ टोली सम्पूर्ण सदस्य एपिएफको अग्रतामा होइन अनुको २ दशक लामो करियरको अन्तिम गोलमा खुसी भए। यो गोलको खुसी बेग्लै थियो।

सबै कथाको अन्त्य सुखद हुँदैन । तर अनुको कथा सुखद र रवाफिलो बन्यो। अन्तिम खेलको गोल अनि टोलीले ट्रफी उचालेको दिन सन्न्यास लिंदै खेल जीवनको अन्त्य सुखद गरिन्।
यो सुखद बिदाइमा अनु पनि खुसी भइन्। फुटबल छोड्न सजिलो थिएन्। तर सँधै खेल्न नमिल्ने भएर यो निर्णय गरेको उनले बताइन्। फुटबलले सबै थोक दिएकोमा उनले आफ्नो खेल करियरबाट सन्तुष्ट भएको पनि बताइन्।

खेलाडी जीवनलाई बिट मारे पनि एपिएफ फुटबल क्लबसँग जोडिरहने पनि उनले बताइन्। फाइनलकी प्लेयर अफ दि म्याच रेनुका र २ गोल गरेकी सविता राना मगरले अनुले खेलेको हेरेर नै फुटबल खेल्न सुरु गरेको बताए।
अनु नेपाली महिला फुटबलकी प्रेरणादायी खेलाडी हुन्। सन् २०१० को दक्षिण एसियाली खेलकुद (साग) बाट उनले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्। २०१८ मा भारतमा भएको हिरो गोल्ड कप उनको अन्तिम अन्तराष्ट्रिय प्रतियोगिता बनेको थियो। यो दौरान उनले ३५ गोल नेपालको लागि गरेकी छिन्।

साग र साफ च्याम्पियनसिप जस्ता प्रतियोगितामा नेपालले रजत प्राप्त गर्दा उनको भुमिका महत्वपूर्ण रहेको थियो। उनले २०१४ देखि २०१६ सम्म नेपाली राष्ट्रिय महिला टोलीको कप्तानको जिम्मेवारी पनि निभाएकी थिइन्।
मकवानपुरमा जन्मिएकी अनुले रौतहटबाट फुटबल करियरको सुरुवात गरेकी थिइन्। राष्ट्रिय टोलीबाट खेल्नु अघि उनले नेपाली यु-१९ राष्ट्रिय टोली पनि खेलेकी थिइन्।

स्कुल जीवनदेखि फुटबल खेल्न सुरु गरेकी अनुले ३७ वर्ष उमेरसम्म निरन्तर फुटबल खेलिन्। सन्यासको घोषणा गर्दा एन्फाले अनुलाई मायाको चिनो प्रदान गर्यो। एपिएफ टोलीले उनलाई ‘गार्ड अफ अनर’ दिएर सम्मान गरेको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]