default_image

10 years ago

September 29, 2015

युवा टोलीको विदाइ

173 views

0 Bookmark

साफ यु–१९ च्याम्पियन नेपाली टोली नयाँ लक्ष्यका साथ बुधबार इरान प्रस्थान गर्दैछ । त्यहाँ नेपालले एएफसी यु–१९ छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।

nepal u19

नेपालले असोज १५ गते इरानसँग खेल्नेछ । असोज १७ मा कुवेतसँग र त्यसको दुई दिन पनि नेपालले जोर्डनको सामना गर्नेछ । छनोट चरण पार गर्ने १६ टोलीले अर्को बर्ष बहराइनमा हुने एएफसी यु–१९ च्याम्पिययसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

एसियाका राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता,सबै समूहका मध्येबाट उत्कृष्ट ५ उपविजेता र आयोजक बहराइन गरि १६ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

बहराइन छनोट चरणबाट अघिल्लो चरण प्रवेश गर्न सफलत भएमा उत्कृष्ट उपविजेताको छैटौं टोलीले पनि मौका पाउनेछ । एएफसी यु–१९ को शीर्ष ४ मा पर्ने टोलीले सन् २०१७ मा दक्षिण कोरियामा आयोजना हुने फिफा यु–२० विश्वजकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् । दक्षिण कोरिया शीर्ष चारमा पर्न सके पाँचौं टोली समेत यु –२० विश्वकप खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार टोलीलाई विदाइ गर्यो  ।

हार जितलाई खेलको एउटा पाटो भएको उल्लेख गर्दै थापाले,‘ देश संकटमा परेका बेला फुटबलले सुखद नतिजा दिने अपेक्षा गरेको बताए ।’

साफ जित्दाको टोलीमा भन्दा अहिले दुई खेलाडी परिवर्तन भएका छन् ।

नेपाली टोली गोलकिपर – सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बु रक्षक– अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, सिद्धार्थ रञ्जित, दीनेश राजवंशी, सुदन थापा, रामचन्द्र वाजी मिडफिल्ड – हेमन्त थापामगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुसन लामा, सनिल बल फरवार्ड – विमल घर्तीमगर, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी, जनोममान लिगल प्रशिक्षक – बालगोपाल महर्जन (मुख्य), मृगेन्द्र मिश्र (सहायाक) व्यवस्थापक – दीवाकर घले फिजियो – राजु दहाल

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.