9 years ago
February 23, 2017
एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल म्याड्रिड भ्यालेन्सियासंग २-१ले पराजित भएको छ।

खेलको चौथो मिनेटमा सिमोने जाजाको गोलले अग्रता लिएको भ्यालेन्सिया नवौं मिनेटमा २-०ले अगाडी बढ्यो। नानीको पासलाई सदुपयोग गर्दै ओरेयानाले गोल गरेका थिए। खेलको ४४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै म्याड्रिडलाई खेलमा फर्कने बाटो खुलाएका थिए।
दोश्रो हाफमा थप आक्रमक खेलेको म्याड्रिडले गोल भने निकाल्न सकेन। ग्यारेथ बेल पनि खेलको अन्तिम ३० मिनेट मैदानमा उत्रिएका थिए। खेलअघि १५औं स्थानमा रहेको भ्यालेन्सिया जितसंगै एक स्थान माथि उक्लिएको छ।
२२ खेलमा ५३ अंक जोडेको रियल अझैपनि शिर्षस्थानमा कायमै छ। दोश्रो स्थानमा रह्को बार्सिलोनाले २३ खेलमा ५२ अंक जोडेको छ भने सेभिला (४९अंक) र एट्लेटिको म्याड्रिड (४५ अंक) तेश्रो र चौथो स्थानमा छन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]