default_image

11 months ago

February 2, 2025

एपिएफ स्कुलको जितमा विकास ५ गोल

953 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ।

विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो।

एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल‌ गर। एपिएफका विकास प्लेयर अफ दि म्याच बने ।

नेपाल एपिएफ स्कुल कीर्तिपुरमा आइतवार सशस्त्र प्रहरी बल नेपाल मानवस्रोत विभाग प्रमुख एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले प्रतियोगिताको उद्घाटन गरे ।

विद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक भुपेन्द्र के.सीले धन्यवाद ज्ञापन गरेको उद्घाटनमा विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले स्वागत मन्तव्य राखे ।

कीर्तिपुर नगरपालिका नगर प्रमुख कृष्णमान डंगोल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, अखिल नेपाल फुटबल संघका पदाधिकारीलगायतको उपस्थिति थियो।

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रेपलान्चोक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट १ गरि १८ विद्यालयका १९ टोलीको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा प्रतियोगितामा सोमवार दुई खेल हुनेछन्।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.