11 months ago
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो ।
पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे।
१९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं मिनेटमा गोर्डोनले गोल गर्दै अग्रता दोब्बर पारे ।
न्युक्यासलले लिभरपुल र टोटनहमबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लिभरपुल र टोटनहमबीच दोस्रो लेग बिहीवार हुनेछ । पहिलो लेगमा टोटनहम १-० ले विजयी भएको थियो।
प्रिमियर लिगको अंक तालिकामा आर्सनल दोस्रो र न्युक्यासल छैंटौं स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]