10 months ago
February 6, 2025
हिमाल खरेल,भद्रपुर
सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस फुटबल क्लब भारतबीच हुनेछ ।
त्यस्तै, दोस्रो खेल फागुन ८ गते झापा ११ एफसीविरुद्ध मछिन्द्र फुटबल क्लबले खेल्नेछ । झापा ११ ले पछिल्लो समय सिक्किममा भएको मुख्यमन्त्री कप जितेको थियो भने ए डिभिजन लिगमा मछिन्द्र दोस्रो स्थानको टिम हो ।
भद्रपुर झापा गोल्डकपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा पुलिस तेस्रो स्थानमा रहेको टोली हो ।
चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग चर्च ब्वाइज युनाइटेडले खेल्नेछ । चर्च ब्वाइज लिग च्याम्पियन टोली हो ।
प्रतियोगिताअनुसार पाँचौँ खेल फागुन ११ गते न्यु रोड टिम (एनआरटी) विरुद्ध बंगलादेशको काउवार्न बाजार प्रगति संघले खेल्नेछ । लिगमा एनआरटी छैटौँ स्थानको टोली हो ।
भद्रपुर झापा गोल्डकपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्डकपको फाइनल खेल फागुन १६ गते हुनेछ ।

भद्रपुरको मेची रंगशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले १३ लाख र दोस्रोले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले १ लाख ५ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]