9 years ago
February 23, 2017
बुटबल (हाम्रो खेलुकद) –तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको १९ संस्करण बिहीबारदेखि बुटबलमा सुरु हुँदैछ । एन्फा टेक्निकल सेन्टर देविनगरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लबले भारतको सेरे एफसी कालिङपोङको सामना गर्दैछ ।

पुसमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता एपिएफको खराब प्रदर्शन रोकिएको छैन । चार दिन अघिमात्र टोली १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा सिएमजी क्लब संकटासँग १–० ले पराजित भएको थियो ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा फागुन २१ गते सम्म चल्ने प्रतियोगितामा अग्नि रुपन्देही ११, रमपम झापा ११, हिमालयन शेर्पा क्लब, नेपाल आर्मी, भारतको सिक्किम युनाइटेड, धरान एफसी, नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटाको सहभागिता रहेको छ ।
मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्थ्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।
बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै अखिल नेपाल फुटबल सघं (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । डिसहोम स्पोर्टस च्यानलले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]